Monday, February 10Nepal News Portal
Shadow

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता सम्पन्न


काठमाडौं । हिमालय बैंक र नेपाल इन्भेष्टमेण्टबीच मर्जसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुल्सीराम गौतमले हस्ताक्षर गरेका हुुन् ।

यी बैंकहरू एकआपसमा गाभिएसँगै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेबन्ने छ । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने र संचालक समितिको अध्यक्षको रूपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोकशमसेर राणा रहने सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंकको संचालक समितिमा दुवै बैंकको तर्फबाट ३÷३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले एक स्वतन्त्र संचालकको नियुक्ति गरी ७ जनाको संचालक समिति निर्माण गर्ने सहमति भएको छ ।

इन्भेष्टमेण्ट चुक्ता पुँजी १६ अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ गरी मर्जपश्चात बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड कायम भई सबैभन्दा बढी पुँजी भएको बैंक बन्ने छ । त्यसैगरी इन्भेष्टमेण्ट बैंकको जगेडा कोष १४ अर्ब १० करोड र हिमालयन बैंक कफ ७ अर्ब ६७ करोड रूपैयाँ रहेको छ ।

कर्जा लगानीतर्फ इन्भेष्टमेण्ट बैंक १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयन बैंकको १ खर्ब २७ अर्ब १४ करोड र निक्षेप नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ६८अरब र हिमालयन बैंक १ खर्ब ४३ अर्ब रहने बताइएको छ ।
यी दुुई बैंकको एकिकृत कारोबार भएपछि नेपालमा वाणिज्य बैंकको संख्या २६ हुुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्