काठमाडौं । एभरेष्ट इन्स्योरन्सले चालु आ.व.को तेस्रो त्रैमाससम्ममा १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आ. व को यहि अवधिको तुलनामा ११.२१ प्रतिशतले वृद्धि भएको हो ।
गत आ. व को यहि अवधिमा कम्पनीले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १५.०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आ. व .को तेस्रो त्रैमासम्ममा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ६४ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा र मुल्य आम्दानी अनुपात ३५.९७ गुणा रहेको छ ।
कम्पनीले ८३ हजार २८९ वटा बीमालेख जारी गरि ७८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले यस अवधिमा ४ हजार १५७ वटा दाबी बापत ६८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ८६४ वटा दाबी बापत १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।