Sunday, February 16Nepal News Portal
Shadow

सीईडीबीको आईपीओ बाँडफाँड, १४ लाख ५१ हजारको हात खाली


काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धन सनराइज क्यापिटले शुक्रबार (आज) बिहान आईपीओ बाँडफाँड गरेको हो ।
बाँडफाँड विवरणअनुसार २ लाख ३४ हजार १ सय ९१ जनाले १०–१० कित्ता पाएका छन् भने ४ जनाको भागमा ११–११ कित्ता परेको छ ।

कम्पनीको आईपीओमा १७ लाख ३३ हजार ९ सय ४९ जनाले आवेदन दिएका थिए जसमध्ये १६ लाख ८५ हजार ६ सय २७ जनाको आवेदन भेरिफाइड भएको थियो ।
भेरिफाइडमध्ये ४ हजार ४ सय ४२ जनाको आवेदक अयोग्य ठहरिएको सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर जारी गर्ने गरी आईपीओको आवेदन खुला गरेको थियो । जसमा सर्वसाधारणले १०.५२ गुणा बढी अर्थात् २ करोड ४७ लाख ७ हजार १ सय ७ कित्ता सेयर माग भएको थियो ।

आईपीओको नतिजा सीडीएसको आईपीओ नतीजा हेर्ने वेबसाइट वा मेरोसेयरबाट वा सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्