Monday, February 10Nepal News Portal
Shadow

बजेटको मुखमा अर्थमन्त्री परिवर्तन नहुने, फेरी पनि विष्णुप्रसादनै


काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) महामारीकाबीच सरकारले बजेट निर्माणको तयारी गरिरहेको अवस्थामा अर्थमन्त्रीमा भने पुनः विष्णुप्रसाद पौडेलले नै निरन्तरता पाउने संभावना देखिएको छ । शुक्रबार (आज) २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिँदै छन् । ओली प्रधानमन्त्री नियुक्त भएसँगै पुनः नयाँ मन्त्रीहरू पनि नियुक्त हुने छन् । अधिकांश मन्त्रीले पुनः सपथ लिने भएका छन् भने केही नयाँ अनुहार पनि मन्त्री बन्ने भएका छन् । माधव नेपाल समूहका नेता मन्त्री बन्ने भएपनि ओली समूहका केही मन्त्री बाहिरिने छन् ।

मन्त्रिपरिषद् नयाँ गठन हुँदा बजेटको तयारी भइरहेको र संवैधानिक व्यवस्था अनुसार अबको १५ दिन अर्थात १५ जेठमै बजेट ल्याउनुपर्ने भएकोले अर्थमन्त्रीमा भने विष्णु पौडेल नै पुनः नियुक्त हुने ओलीका एक सल्लाहकारले बताएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्