Sunday, July 14Nepal News Portal
Shadow

सहज परिस्थिति नभएसम्म साना निक्षेपर्तालाई बैंक नजान डेभलपमेन्ट बैंकर्स संघ नेपालको अनुरोध


काठमाडौं । हाल कोरोना भाइरसको संक्रमण बढेसँगै दैनिक संक्रमण र मृत्युदर बढ्दै गएको हुनाले सहज परिस्थिति नभएसम्म साना निक्षेपकर्तालाई बैंक नजान डेभलपमेन्ट बैंकर्स संघ नेपालले अनुरोध गरेको छ । संघले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरू अवलम्वन गर्ने, प्रधान कार्यालयका कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रर्म होमको माध्यमबाट कार्य गर्ने गराउने कार्यलाई प्राथमिकता दिने समेत बताएको छ ।
महामारी बढ्दै गएकोले सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरुले सम्पर्क व्यक्तिहरू मार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्