Thursday, May 23Nepal News Portal
Shadow

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन मिल्ने


काठमाडौं । एनआईसी एशिया बैंकले जुनसुकै समयमा उपभोग गर्न मिल्ने ‘सेल्फ हेल्प’ बैंकिङ्गको अभ्यासलाई मोबाइल बैंकिङ्गमार्फत अघि बढाएको छ । डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्न उक्त सेवाको थालनी गरिएको बैंकले जनाएको छ ।

‘सेल्फ हेल्प’ बैंकिङ्गको अवधारणा अनुरुप बैंकले आफ्ना ग्राहकहरूको लागि मोबाईल बैंकिङमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हो । यो सेवाअन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबाईल बैंकबाट रेमिट सहज रुपमा पठाउन सक्ने छन् ।

हाल बैंकले ३५२ शाखा कार्यालयहरू, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर र ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Total Page Visits: 487 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्