काठमाडौं, ४ कार्तिक (ससं) ।काठमाडौं केन्द्र सरकारले संक्रमित भए नागरिक आफैले उपचार गर्नु पर्ने बताए पनि लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशूल्क गर्ने बताएको छ।
लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितको उपचार निःशूल्क हुने जानकारी दिएका हुन्।
सामाजिक सञ्जाल मार्फत उनले यसको जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेपछि आलोचना भइरहेका बेला लुम्बनी प्रदेशले यस्तो निर्णय गरेको हो ।