Friday, January 24Nepal News Portal
Shadow

बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने


काठमाडौं । वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्वीकार नगर्ने भएका छन् । न्यून रकम जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउनेहरुका कारण भिडभाड बढेपछि बैंकर्स संघको बिहीबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने निर्णय गरेको हो ।

बैंकहरुका शाखाबाट अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा लिने तथा रकम स्थानान्तरण, चेक,आरटिजिएस, आइपीएस, विप्रेषण भुक्तानी तथा अन्तराष्ट्रिय व्यापारको काम हुने छ । बैंकर्स संघको बैठकले कोरोना भाइरस संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका काम बन्द गर्ने निर्णय पनि गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्