Saturday, May 18Nepal News Portal
Shadow

दिक्तेल रुपाकोट मझुवागढीका मेयर र उपमेयरले प्रयोग गर्दै आएका २ वटा गाडी एम्बुलेनसको रुपमा प्रयोग गर्न दिने


काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले आफूले प्रयोग गर्दै आएका २ वटा गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेवी राईले प्रयोग गर्दै आएका बा. २ झ ३४६७ र को १ झ ६६८ नम्बरका २ वटा गाडी एम्बुलेन्स बनाउँने निर्णय गरेका हुन् ।

कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनलाई ध्यानमा राखी एम्बुलेन्सको रूपमा जेठ १ गते (आज)बाटै अस्पतालसम्म बिरामी ओसारपसारका लागि प्रयोगमा ल्याउन दिने निर्णय गरिएको मेयर दिपनाराय रिजालको सचिवालयले जनाएको छ ।

Total Page Visits: 1506 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्