Thursday, September 12Nepal News Portal
Shadow

भोली देखि नगद कारोबार बन्द गर्ने वीरगंजका बैंकहरुको निर्णय


काठमाडौं । वीरगंजका बैंहरुले आइतबार (भोली) देखि नगद कारोबार बन्द गर्ने भएका छन्। वीरगंज क्षेत्रका बैंकहरुले दिने सेवामा कटौती गर्दै अत्यावश्यक सेवा मात्रै दिने निर्णय गरेका हुन्। कोरोनाको दोस्रो लहरमा निजी तथा सरकारी बैंकका गरी वीरगंजमा मात्रै ९१ जना भन्दा बढी कर्मचारीहरु संक्रमति भएपछि बैंकहरुले थप सावधानी अपनाउन नगद कारोबार बन्द गर्ने भएका हुन् ।
वीरगंज बैंकर्स एसोसियसनले बिहीबार एउटा सूचना जारी गर्दै आइतबारदेखि यहाँ सञ्चालित सम्पूर्ण बैंकबाट प्रवाह हुने सेवामा नगद कारोबार बन्द हुने जनाइसकेको छ।

यद्दपी, चेक क्लियारिङ, आरटीजीएस, आईपीएस, एलसी र भन्सार सम्बन्धि महत्वपूर्ण कामहरु भने नरोकिने उनले बताए। सेवाग्राहीलाई विद्युतीय कारोबारलाई प्राथमिकता दिन पनि एसोसिएसनले आग्रह गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्