Wednesday, January 15Nepal News Portal
Shadow

लघुवित्तका ऋणीहरुलाई १० प्रतिशत सम्म ब्याज छुट


Money Exchange.rupee nepal exchange rate

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ग्राहकहरुले अब ५ देखि १० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार उक्त निर्णय गरी कार्यान्वयनका लागि सदस्य संस्थालाई परिपत्र गरेको हो ।
वैशाखदेखि असारसम्म भुक्तानी हुने नयाँ–पुराना सबै ब्याजमा ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन् । अघिल्लो पटकको कोरोना संक्रमण तीव्र रूपले बढिरहेको समयमा राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिएका थिए । कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा फिल्डमा हिँड्ने र सदस्यसँग भेटघाट गर्ने काम कम गर्न पनि संघले आग्रह गरेको छ । हाल नेपालभर ७२ संस्था सञ्चालनमा छन् । तीमध्ये ६२ वटा संस्था मात्र संघमा आबद्ध छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्