Thursday, September 12Nepal News Portal
Shadow

बीमा कम्पनीका कर्मचारीलाई कोरोना संक्रमण भएमा सम्पुर्ण खर्च कम्पनीले नै बेहोर्नु पर्ने


काठमाडौं । बीमा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएमा सम्पुर्ण खर्च कम्पनीलेनै बेहोर्नु पर्ने भएको छ । बीमा समितिले शुक्रवार (हिजो) सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारी समेतलाई पिसिआर परिक्षण शुल्क लगायत सम्पुर्ण खर्च बेहोर्न निर्देशन दिएको हो ।
कम्पनीहरुले कर्मचारीलाई घर, अस्पताल वा होटलमा आईसोलेसन वा क्वारेन्टीनमा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । साथै, आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारीहरु कार्यालयमा फर्कदा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपश्चात मात्रै कार्यालय आउने व्यवस्था मिलाउनु पर्नेछ ।

आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरिक्त विदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । यस निर्देशन सँगै बीमा कम्पनीका कर्मचारी यदि कोरोना संक्रमणबाट आईसोलेसन बस्नु पर्यो भने अन्य विदाबाट कटौती गर्न पाइने छैन ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्