काठमाडौं । आईपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन दिनेमा एउटा लघुवित्त कम्पनी छ भने अर्को जलविद्युत कम्पनी छ ।
मानुषि लघुवित्त वित्तिय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ निष्काशनका लागि बैशाख १३ गते आवेदन दिएको हो । मानुषिले एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
त्यस्तै, दोर्दी खोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता सेयर निष्काशनका लागि अनुमति माग्दै धितोपत्र बोर्डमा बैशाख २१ गते आवेदन दिएको हो । दोर्दी खोलाले विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।