Saturday, September 7Nepal News Portal
Shadow

मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो


काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
विद्युत् प्राधिकरणका प्राविधिकको निगरानीमा आयोजनाबाट परीक्षण उत्पादन थालिएको हो ।
‘बिहीबार साँझदेखि आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाएर परीक्षण उत्पादन सुरु भएको हो ।
केन्द्रीय प्रसारण लाइनमा जोड्न आयोजनाले नारच्याङबेसी–दाना ४ किमि लामो २ सय ३२ केभीए डबल सर्किट ट्रान्समिसन लाइन निर्माण गरेको छ । मिस्त्रीखोला सञ्चालनमा आएसँगै प्राधिकरण स्वामित्वको अन्नपूर्ण–४ घरापस्थित २ मेगावाट क्षमताको तातोपानी सानो जलविद्युत् आयोजना बन्द गरिएको छ । प्राधिकरण र आयोजनाबीच विद्युत् खरिद सम्झौताअनुसार तातोपानी केन्द्र हिउँदमा बन्द गर्ने र बर्खायाममा भने चलाउने सर्त छ ।

माउन्टेन इनर्जी प्रा.लि ले २०७३ जेठबाट निर्माण थालेको आयोजनामा ५ अर्ब ६४ करोड खर्च भएको छ । प्रतिमेगावाट १३ करोड ५० लाख उत्पादन लागत रहेको मिस्त्रीखोला नेपालकै सस्तो प्रोजेक्ट भएको आयोजनाको दाबी रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्