काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ५४.२६ अंक वृद्धि भएर २७३८.३५ विन्दुमा रोकिएको हो । आज कारोबार रमकमा पनि वृद्धि भएको छ । गत कारोबार दिन बिहीबार ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज १० अर्ब ४० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
२१४ कम्पनीको २ करोडभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एनसीसी बैंक लिमिटेड नेपाल इन्फ्रा इस्टक्चर बैंक –निफ्रा)को सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । पुनर्बीमाको ८५ करोड ७ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको छ । त्यस्तै एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको र निफ्राको २९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
आज रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर ८८० रुपैयाँ कायम भएको छ । त्यस्तै अन्य ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज शेयर बजारमा हरियाली देखिएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ ।