Wednesday, June 11Nepal News Portal
Shadow

प्रभु बैंकले १० वर्षे अवधिको ऋणपत्र जेठ ११ गतेदेखि विक्री गर्ने


काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि सर्वसाधारणका लागि १६ लाख ७७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १६ लाख कित्तामध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरी बाँकी कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

१० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदर भएको कुल ४० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्तामध्ये २४ लाख कित्ता भने कम्पनीले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्ने बताएको छ ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बि प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको रहने संकेत गर्दछ ।

प्रभु बैंक डिबेञ्चर २०८७ नामको ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ ।

प्रति ऋणपत्र रु. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्