Wednesday, April 24Nepal News Portal
Shadow

आज पनि सुनको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार


काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । हिजो (आइतबार) ९ सय रुपैयाँले बढेको सुनको भाउ आज ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, सोमवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमवार १ हजार ३५५ रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

 

Total Page Visits: 730 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्