काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा जेठ २३ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । सभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
सभाबाट पारित भएपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत पक्ष मध्यम रहेको देखाउँछ । साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा मध्यम जोखिम रहेको देखाउँछ ।
सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो साधारण सभा जेठ २३ मा, आईपीओ निष्कासन गर्ने
- स
- स
- स