काठमाडौं, ५ कार्तिक (ससं) । व्यावसायी वसन्त चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी दिए ।
पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउन समेत उनले सुझाव दिएका छन् ।