Thursday, September 12Nepal News Portal
Shadow

अन्तराष्ट्रिय हवाई उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । निषेधाज्ञाकै बिचमा सरकारले अन्तराष्ट्रिय उडान खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक–एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय भएको बताइएको छ ।

कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुदै आएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्