चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना रहेका छन्। जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् ।
यस्तै खैरहनी नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् ।
त्यस्तै माडी नगरपालिकाका ५ जना पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । कालिका नगरपालिकाका १ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ४६ जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकी २६ जना नवलपुर, तनहुँ, गोरखा, बारा, काठमाडौं र ललितपुरका छन् ।