Monday, November 27Nepal News Portal
Shadow

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले वृद्धि


काठमाडौं । नागरिक लगानी कोषले चा.आ. व. को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको यस त्रैमासको अवधिसम्ममा खुद मुनाफा ५६ दशमलव ०४ प्रतिशतले वृद्धि हुन सफल भएको छ।
चा. आ.व को चैत मसान्तसम्ममा कोषले ५९ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो गत आ. व. को सोही अवधिसम्ममा कोषले ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिशन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ६१ करोड ६२ लाख रुपैयाँ रहेकोमा चा.आ. व. को त्रैमाससम्ममा २८ दशमलव २४ प्रतिशतले वृद्धि भएर ७९ करोड २ लाख रुपैयाँमा कायक भएको छ।

समिक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी ३७ रुपैया ६२ पैसा रहेकोमा अहिले त्यो ११ रुपैयाँ ३१ पैसाले घटेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले चा.आ. व. मा हकप्रद सेयर र बोनस सेयर वितरण गरि १२३ प्रतिशत पुँजी वृद्धि गरेको थियो । कोषको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ ।

Total Page Visits: 536 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्