Saturday, September 7Nepal News Portal
Shadow

मंगलबार हालसम्मकै सर्वाधिक मूल्यको शेयर कारोबार, परिसूचक उच्च विन्दुमा


काठमाडौ । मंगलबार (आज) शेयर बजारमा कारोबार रकमसँगै परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ भने कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज २८०० विन्दु नजिक पुगेर बजार बन्द भएको छ ।
नेप्से परिसूचक ३४.६८ अंकले वृद्धि भएर २७९३.८९ विन्दुमा बन्द भएको हो । त्यस्तै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । गत आइतबरा १० अर्ब ४० अर्बको सबैभन्दा बढी कारोबार भएको दिनको रेकर्ड बनाएको बजारले आज ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

यस अघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने माघ २६ गते पनि १० अर्ब १७ करोड र फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ६.१५ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक ११ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्