Saturday, April 13Nepal News Portal
Shadow

मंगलबार कारोबारले ऐतिहासिक रेकर्ड राख्दा सर्वाधिक मूल्यको कारोबार गर्ने कम्पनी


काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकमले नयाँ रेकर्ड कायम गर्दा सबैभन्दा धेरै रुपैयाँको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ६७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज कम्पनीको शेयर मुल्य ४० रुपैयाँले बढेर १९ सय ९३ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कम्पनीको शेयर मुल्य ८० रुपैयाँले बढेको छ । अरुण कावेली पावर कम्पनीको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १४ रुपैयाँले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

थप कम्पनीको विवरण तल हेर्नुहोस् :

No description available.

Total Page Visits: 1022 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्