काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोरोना कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज (मंगलबार) उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरेका हुन् ।
मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रूपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाएका छन् ।
नेपालमै पहिलोपटक अक्सिजन ग्यास सिलिण्डर उत्पादन परीक्षण सफल
- स
- स
- स