काठमाडौं । आज (बुधबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।