काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद् आज (बुधबार) विस्तार हुने भएको छ । पूरै मन्त्रिपरिषद् नभए पनि बजेटको तयारीका लागि अर्थ मन्त्रालयसहित बढीमा तीन मन्त्रालयमा मन्त्री थप्ने तयारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् ।
गत २६ वैशाखमा मुख्यन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बाले तीन दिनपछि ठूलो दलको नेताको हैसियतमा पुनः सपथ लिएका थिए ।
कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्री गुरुङले बजेटलाई ध्यानमा राख्दै तत्काललाई केही मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७ निकट स्रोतले बताएको हो ।