काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते बस्ने भएको छ । कम्पनीको हिजो (बैशाख ५ गते) बसेकोे संचालक समितिको बैठकले उक्त सभाको मिति तोकेको हो । सभा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५ दशमलव ७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । जसमा ३ .७८९४ प्रतिशतले हुन आउने नगद लाभांश र १२ प्रतिशतले हुन आउने बोनश शेयर रहेको पारित हुँदैछ ।
त्यसैगरी सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७६ /७७ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ ७७ को वासलात, हिसाव, नगद तथा नाफा नोक्सान, सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसुचिहरु छलफल गरी पारित गर्नेछ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।