Monday, July 15Nepal News Portal
Shadow

उद्योग परिसंघले गर्यो ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण


काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् देशका ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत् मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन्।परिसंघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको हो ।
यसैगरी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल, धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल, दाङलाई १० थान, भेरी अञ्चल अस्पताल, नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल, बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल, विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्