Wednesday, January 15Nepal News Portal
Shadow

बिहीबार नेप्से परिसूचक बढ्यो, कारोबार रकममा भने कमी


No description available.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक ६.२७ अंकले वृृद्धि भएर २७८७.१९ विन्दुमा बन्द भएको छ । २१४ कम्पनीको २ करोड १ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । हिजोको तुलनामा कारोबार रकम साढे २ अर्बभन्दा बढी कम हो ।

त्यस्तै आज ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक शेयर मूल्य वृद्धि गुडविल फाइनान्स र मन्जुश्री फाइनान्सको भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको शेयर मूल्य ३९६ रुपैयाँ कायम भएको छ भने मन्जुश्री माफइनान्सको शेयर मूल्य ५९४ रुपैयाँ कायम भएको छ ।

No description available.

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नै भएको छ । यो कम्पनीको ३४ करोड ७० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज पुनर्बीमा कम्पनीको शेयर मूल्य १ हजार ६५० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

No description available.

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्