Thursday, April 18Nepal News Portal
Shadow

उद्योगी तेजेन्द्रसिंहको कोरोनाका कारण मृत्यु


काठमाडौं । उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको आज (बिहिबार) मृत्यु भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको आज विहान निधन भएको हो ।

उनी टाइगर ब्रुहरीका अध्यक्ष हुन् भने विभिन्न उद्योग प्रष्ठिानमा उनको लगानी छ । उनकी श्रीमतीको पनि केही हप्ताअघि कोरोना संक्रमणले ज्यान गएको थियो ।

५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । खड्काका २ छोरा र १ छोरी छन् ।

Total Page Visits: 368 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्