Monday, September 16Nepal News Portal
Shadow

कोरोना रोकथाम र उपचारमा प्रयोग हुने २१ वस्तु आयातमा सहजीकरण


काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड –१९) रोकथाम र उपचारमा प्रयोग हुने वस्तुको आयातमा सहजीकरण गर्ने भएको छ । अर्थमन्त्रालयले नयाँ कार्यविधि बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको हो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार कोरोना रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयात गरी भन्सारबाट छुटाउनको लागि प्रज्ञापन पत्र साथ पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्