Saturday, September 7Nepal News Portal
Shadow

कोरोना रोकथाममा सहयोग गर्नका लागि अपि पावर कम्पनीद्धारा स्वास्थ्य सामाग्री वितरण


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले स्वास्थ्य सामाग्री वितरण गरेको छ । कम्पनीले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको अवस्थामा केही सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरेको जनाएको हो ।

कम्पनीले दार्चुला जिल्लाको मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान अक्सिजन सिलिण्डर र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर गरी कूल ३५ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो ।
कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ । उक्त सामाग्रीहरू कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरेका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्