Wednesday, September 18Nepal News Portal
Shadow

जेठ २५ गते भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न ललितपुर महानगरको निर्देशन


काठमाडौं । ललितपुर महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गर्न निर्देशन दिएसकेको छ ।
आज (शुक्रबार) शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।
‘विद्यालयले यसअघि लिएको परीक्ष, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक ९अंकमा० समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ’ सूचनामा भनिएको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्