Monday, February 10Nepal News Portal
Shadow

रेम्डेसिभिर औषधीको उत्पादन अब नेपालमै


काठमाडौं । कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको रेम्डेसिभिर औषधीको एक नेपाली कम्पनीले उत्पादन सुरु गर्न थालेको छ । वीरगन्जस्थित नेसनल हेल्थकेयर प्राइभेट लिमिटेडले परीक्षण उत्पादन गर्न थालेको हो । कम्पनीलाई रेम्डेसिभिर उत्पादन गर्न विभागले एक साताअघि अनुमति दिएको थियो।

कम्पनीको उत्पादन क्षमता, पूर्वाधारलाई हेरेर उत्पादन अनुमति दिएको विभागका सूचना अधिकारी स्रोतले जानकारी दिएका हुन् । उनले औषधिको गुणस्तर लगायतका पक्ष हेरेपछि बजारमा आउने जानकारी दिए। कम्पनीका अनुसार रेम्डेसिभिरको ट्रायल ब्याच उत्पादन भइसकेको छ ।
औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ ल्याउन चिनियाँ कम्पनीलाई पैसा तिरिसकेको छ । रेम्डेसिभिर आउँदो जूनको मध्यसम्म बजारमा उपलब्ध हुने कम्पनीका उपाध्यक्ष अजय पाण्डेले बताए । नेपालले भारत र बंगलादेशबाट सो औषधी आयात गर्दै आएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या चुलिएसंगै रेम्डेसिभिर औषधिको माग पनि बढेको छ । चिकित्सकहरुले सो औषधी प्रयोग गर्न विरामीलाई सुझाएका छन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेम्डेसिभिरको प्रतिभाएल मूल्य ४ हजार ९०० रुपैयाँ तोकेको छ । स्वदेशमा उत्पादन हुने भएपछि विदेशीको भन्दा सस्तो हुने पाण्डेले जानकारी दिए । उनले सो औषधीको मूल्य बताएनन् ।

संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले रेम्डेसिभिरको आपत्‌कालीन प्रयोग अनुमति दिएको छ। बीबीसीको सहयोगमा

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्