काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री ध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमान छ ।
ओलीले पार्टीको उम्मेदवार हराउने कदम क्षम्य नहुने बताइसकेका छन् । उता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई भोट नदिने प्रदेश सांसदलाई कारबारी गर्ने प्रकृया सुरू गर्न लागेका छन् ।