Thursday, May 23Nepal News Portal
Shadow

लिलानाथ लामिछाने द्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं । भिमसेन थापा गाउँपालिका वडा न. ३ का युवा तथा समाजसेवी हरु को संयोजनमा संकलित स्वास्थ्य सामाग्री वडा अध्यक्ष लिलानाथ लामिछानेले स्वास्थ्य सामाग्री स्वास्थ्य प्रमुख भेषराज खनाल लाई हस्तान्तरण गरेका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण उत्पन्न भएको जटिल परिस्थितिमा देश तथा बिदेशमा रहनु भएका सहयोगी मनबाट संकलित करिब १ लाख रकम बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक नवराज पाण्डे ले जानाकारी दिएका हुन् ।
स्वास्थ्य सामाग्री संकलन कार्यक्रम संयोजन समाजसेवी गोविन्द खनाल, रमेश खनाल, नवराज पाण्डे, ऋषि राम लामिछाने तथा यूवा समाजसेवी शैलेश लामिछाने, उत्तम पुडासैनी सहभागी थिए । संयोजकले अरु आवश्यक सामाग्री महामारी प्रकोपको अवस्था हेरेर थप सहयोग गर्ने समेत जनाइएको छ । महामारीलाई मध्यनज़र गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीहरू मास्क, स्यानीटाईजर, पिपिइ, अक्सिजन जस्ता अत्यावश्यक स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।

Total Page Visits: 1081 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्