काठमाडौं । स्थानीय बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रहेको छ ।
आज चाँदीको मूल्य तोलामा १३४५ रहेको छ ।
आज बढ्यो सुनको मूल्य
- स
- स
- स