Tuesday, December 3Nepal News Portal
Shadow

सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन


काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ भने केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

कम्पनीले २०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । नियम अनुसार कम्पनीले आर्थिक वर्ष २०७५र/७६ को वार्षिक साधारणसभा गर्नु पर्छ । यहि जेठ २३ गते कम्पनीले आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षण सहित वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभा सम्पन्न हुने वित्तीकै कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि पुर्ण रुपमा बाटो खुला हुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्