Monday, February 10Nepal News Portal
Shadow

शेयर बजारले बनायो नयाँ रेकर्ड, ११ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार


काठमाडौं । आइतबार (आज) नेप्से परिसूचक ३२.८१ अंकले वृद्धि भएर २८२०.०० विन्दुमा बन्द भएको छ । यो परिसूचकले पहिलो पटक बनाएको रेकर्ड हो । हालसम्म नेप्से परिसूचक २८०० को विन्दु पार गर्न सफल भएको थिएन् ।

आज २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
आज १० प्रतिशतले शेयर मूल्य वृद्धि कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यी बैंकको शेयर मूल्य २८६ र २७५ रुपैयाँ कायम भएको छ । १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४१ करोड ८६ लाख ४४ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य १ हजार ६८७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी रहेका समूहको परिसूचक वृद्धि भएको छ । आज होटल तथा पर्यटन ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह ०.०८ प्रतिशत र लघुवित्त समूह परिसूचक ०.३७ प्रतिशतले घटेको हो । सर्वाधिक परिरसूचक वृद्धि विकास बैंक समूहको भएको छ । यो समूहको परिसूचक ७.५४ प्रतिशतले वृद्धि भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्