Thursday, July 17Nepal News Portal
Shadow

सिमेन्ट उत्पादनका लागि चीन र भारतबाट मात्रै ५७ अर्ब लगानी


काठमाडौं । छिमेकी देश चीन र भारतबाट मात्रै सिमेन्ट उत्पादन गर्नका लागि ठूलो रकम वैदेशिक लगानी (एफडीआई) प्राप्त भएको छ । हालसम्म सिमेन्ट उत्पादनका लागि विभिन्न ४ वटा ठूला उद्योगमा ५६ अर्ब ९७ करोड रुपैयाँ एफडीआई भित्रिएको हो ।
एफडीआई ल्याउनेमा होङसी शिवम सिमेन्ट प्रालि, अर्घाखाँची सिमेन्ट र मारुती सिमेन्ट र हुवासिन सिमेन्ट नारायणी रहेका छन । ह्वासिनको कारखाना निर्माण अन्तिम चरणमा पुगेको छ । यसले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने छ । होङसी र ह्वासिन सिमेन्ट लगानी बोर्डमार्फत अघि बढेका हुन ।

होङसीमा हङकङ रेडलायन सिमेन्ट र होङसी ग्रुप चाइनाको ७० र बाँकी ३० प्रतिशत नेपालको शिवम सिमेन्टको लगानी रहेको छ । यसैगरी अर्घाखाँची सिमेन्टमा उमा इन्टरनेसनल भारतको १८ प्रतिशत र बाँकी ८२ प्रतिशत नेपालीको लगानी रहेको छ । मारुती सिमेन्टमा भारतको ग्राभिटी सेल्स प्रालिको २१ प्रतिशत र बाँकी ७९ प्रतिशत नेपालीको स्वामित्व रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्