काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायाम चुक्ता पुंजीको १५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।