Sunday, February 16Nepal News Portal
Shadow

राष्ट्र बैंकले रकम जुटाउन १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १३ गते (बिहीबार) १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनलाई विकास ऋणपत्र जारी गर्न लागेको हो।
बिहीबार निष्काशन हुने विकास ऋणपत्र २०८३ ’घ’ को अवधि ५ वर्ष रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनसकिनेछ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात २ अर्ब २५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले जेठ ११ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही जेठ १३ गते निष्काशन हुनेछ भने २०८३ जेठ १३ गते गते साँवा भुक्तानी हुनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्