काठमाडौं । स्थानीय बजारमा (मंगलबार) आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपियाँमा कारोबार भएको थियो ।