Tuesday, December 3Nepal News Portal
Shadow

कोरोनाले मृत्यु भएका परिवारलाई निरन्तर तलब दिने उद्योगी टाटाको घोषणा


काठमाडौं । भारतको स्टील उत्पादक कम्पनी टाटा स्टिलले कोरोना भाइरसबाट मृत्यु भएका आफ्ना कामदार तथा कर्मचारीहरुका परिवारलाई निरन्तर तलब दिने भएको छ । टाटा कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कामदारहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप निरन्तर तलब दिने जनाएको हो ।

कम्पनीका अनुसार मृतकका परिवारले कामदारको अवकास समय ६० वर्षको अवधिसम्म तलब निरन्तर प्रदान गर्ने जनाएको छ । ६० वर्षको अवधिसम्म मृतकका परिवारले निवृत्तिभरण नभएसम्म तलब, आवास र चिकित्सा सुविधाहरू पाउनेछन् ।

‘हाम्रो निर्णयले मृतकका बच्चाहरुको शिक्षा, स्वास्थ्यमा पनि ठूलो सहयोग पुग्नेछ, मृतकका बच्चाहरुरले स्नातकसम्म निःशुल्क पढ्न पाउनेछन्, विज्ञप्तिमा उल्लेख रहेको छ । ’

कम्पनीले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आफ्ना कर्मचारीहरुको मृत्यु भएको प्रति पनि समवेदना प्रकट गरेको छ । कम्पनीले आफ्ना कर्मचारीको सामाजिक सुरक्षाका लागि सधैँ प्रतिवद्ध भएको पनि उल्लेख गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्