काठमाडौं । सरकारको विभेदपूर्ण नीतिको शिकार देशकै पूरानो लोकप्रिय बिस्कुट उद्योग बन्द भएको छ । सरकारी असहयोगका कारण नेबिको बिस्कुट बन्द हुन पुगेको हो । सन् १९६४ मा स्थापना भएको यो उद्योगमा तीन सय कर्मचारी तथा कामदार कार्यरत रहँदै आएकोमा निषेधाज्ञा जारी गरिएपछि बन्द रहेको छ ।
विदेशी बिस्कुटहरू निर्वाधरुपमा आयात गर्न दिइरहेको सरकारले स्वदेशी उद्योगहरू सञ्चालनमा बाधा सिर्जना गर्ने काम गरेको छ । निषेधाज्ञामा कर्मचारीहरूलाई हिँड्डुल गर्न रोक लगाउँदा नेबिको बिस्कुट बन्द हुन पुगेको छ ।
यसबाट उद्योगका तीनसय कर्मचारी तथा कामदारहरू घरमै बस्न बाध्य भएका छन् भने उद्योगले मासिक १० करोड रुपियाँ नोक्सानी भोग्नुपरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड सञ्चालन गरेर स्वदेशी उद्योगहरू सञ्चालन गर्न सकिने संभावना हुँदाहुँदै सरकारले कर्मचारीहरू कारखानासम्म आउन नदिएपछि उद्योग बन्द गर्न बाध्य भएको हो ।
‘