Thursday, September 12Nepal News Portal
Shadow

लगानीकर्ता नाफा बुक गर्न लाग्दा मंगलबार शेयर बजारमा करेक्सन


काठमाडौं । लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार .(आज) भने घटेर बन्द भएको छ । लगानीकर्ताहरुले नाफा बुक गर्नलाग्दा नेप्से परसूचकमा करेक्सन आएको हो । आज नेप्से परिसूचक ६.५० अंक घटेर २८१६.५६ विन्दुमा परिसूचक बन्द भएको छ ।

आज कारोबार रकममा पनि कमी आएको छ । हिजो १३ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम घटेर ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा सिमित भएको हो ।

आज २१९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ४२१ रुपैयाँ कायम भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि ३३ करोड ७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ४३२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि बरुण हाइड्रोपावर लिमिटेडको भएको छ । यो क्रम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएर ४८६ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह ०.९७ प्रतिशत, हाइड्रोपावर समूह २.२९ प्रतिशत, निर्जीवन बीमा समूह १.७६ प्रतिशत, लघुवित्त समूह ०.०४ प्रतिशत, जीवन बीमा समूह २.३८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत रहेका छनद् । सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्