काठमाडौं । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहेसँगै शेयर कारोबार पनि नहुने भएको छ । आज २५६५ औं बुद्द जयन्तिको अवसरमा सार्वजनिक विदा परेकोले शेयर कारोबार नहुने भएको हो ।
यसँगै यो साता ४ दिन मात्र शेयर कारोबार हुने छ । मंगलबार नेपाल राष्ट्र बैंकले गरेको नयाँ ब्यबस्थाले शेयर बजार कता जाला भन्ने आम जन चासो रहको भए पनि आज सार्वजनिक विदाको कारण कारोबार नहुने भएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाई गरेको छ भने लघुवित्त शेयर खरिदमा रोक लगाएको छ ।