काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी भएको छ । सरकारका लागि आन्तरिक ऋण उठाइरहेको राष्ट्र बैंकले यसैअन्तर्गत वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो।
पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याज दर १० प्रतिशत रहेको छ । ब्याज आम्दानी गरेबापत वैदेशिक रोजगारमा हुनेहरुले सरकारलाई कर पनि तिर्नु पर्दैन। नभए ब्याज आम्दानीमा ५ प्रतिशत कर लाग्छ। ब्याजको भुक्तानी प्रत्येक ६र६ महिनामा गरिने छ। ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्नेछ।