Tuesday, June 18Nepal News Portal
Shadow

कालिमाटी तरकारी बजारमा जोरविजोर प्रणाली लागु


काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जोरबिजोर प्रणाली लागु गरेको छ । तरकारी लिन आउनेहरुको भिड बढेको भन्दै समितिले गत सोमबारदेखि चारपाग्रे सवारीमा जोरविजोेर प्रणाली लागु गरेको हो । निषेधाज्ञाको समयमा सिमित समयका खुल्ने बजारमा धेरै भिडभएपछि उक्त प्रणाली लागु गरिएको समितिका सूचना अधिकारीले जानकारी दिएका हुन् ।

उनका अनुसार जोर दिनमा जोर नम्बर तथा बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधनलाई मात्र बजारमा प्रवेशको अनुमति दिईएको छ ।
निषेधाज्ञाको समयका बिहान ९ बजेसम्म मात्र बजार खुला हुँदै आएको छ ।

Total Page Visits: 1076 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्